कोरोना कहर झनझन् बढ्दै गएको छ ।आज एकैदिन २८८ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कपिलबस्तु , सुर्खेत, दैलेख , सल्यान ,अछाम ,दाङ, प्युठान ,कैलाली ,धनुषा , महोत्तरी , सिराहा , सप्तरी , रौतहट , सर्लाही , भक्तपुर , धादिङ , काठमान्डौ , नबलपरासी , नुवाकोट , रुपन्देही र बारालगायतका जिल्लमा भेटिएका कोरोना संक्रमित सहित २८८ जनालाई कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको मन्त्रालयले बताएको छ । त्यसैगरी २६६ जना निको भई डिस्चार्ज भएका छन् ।









