गृहपृष्ठ Featured कपिलवस्तुका लियोका अध्यक्ष ढुङगाना करोड बढि रकम उठाएर भागेको खुलासा

कपिलवस्तुका लियोका अध्यक्ष ढुङगाना करोड बढि रकम उठाएर भागेको खुलासा

प्रकाशित मिति:

लियो क्लव अफ कपिलवस्तुका अध्यक्ष हरि ढुङगानाले करोड बढि रकम लिएर भागेको खुलासा भएको छ । कपिलवस्तु जिल्लाको बाणगगंगा नगरपालिका ११ बरवा बस्ने ढुङगानाले जिल्लाका बिभिन्न व्याक्ती  बाट करोड बढि रकम उठाएर भागेको पाइएको छ । उनी गत चैत्र २ गतेबाट सम्पर्क  बिहिन छन ।

तर केही दिन अगाडी उनलाई बाणगंगाको बनगाईमा देखेको बताइएको छ । उनले बिभिन्न समस्या देखाउदै साथीहरुसगं रकम माग्ने गरेको र अधिकांशको रकम तिर्ने भाका चैत्र ५ गते रहेकाले उनी सम्पर्क  बिहिन भएको हुन सक्ने पाइएको छ ।

चैत्र २ गते चार नः जितपुर हुदै बुटवल जादा उनी चार नः जितपुरको सिसि क्यामेरामा कैद भएका थिए । केही दिन खोजी कार्य भएतापनि लकडाउनकारण खोजी गर्न नसकीएको उनका साथीहरुले वैखरी अनलाइनलाई बताए ।

सुशील खत्री – दश लाख (चेकबाट लिएको)
दल बहादुर थापा(इश्वर) – ७ लाख ( हाते सापटी)
गोबिन्द आर्चाय – २ लाख (चेकबाट लिएको)
लिलामणी न्यौपाने – २ लाख (चेकबाट लिएको)

आर एन ढकाल – १ लाख ६० हजार
गिता सुवेदी – १ लाख ५० हजार
शारदा पौडेल – २ लाख (तमसुख)
तिलक गिरि – १ लाख (चेकबाट लिएको)

लक्ष्मण सापकोटा – २ लाख ः ( हाते सापटी)
कमल नेपाली –  १ लाख २० हजार
मदन पौडेल – २ लाख (चेकबाट लिएको)
ब्यवसायी पार्टनर – ८ लाख (चेकबाट र उधारो)
नविन उपाध्यय – ५ लाख (चेकबाट लिएको)

माथी उल्लेखीत बाणगंगबासीले पिपरामा उजुरी दिन पुगेपनि प्रहरीको सुझावमा जिल्लामा दर्ता गर्न भनेपछि बुधबार जिल्लामा उजुरी दिने तयारी भएको सुशील खत्रीले बताए । उनले आफनै भाई सम्झेर १० लाख दिएको तीन महिनासम्म कुनै सम्पर्क गर्न  नआएपछि उजुरी दिन बाध्य भएको बताए । त्यस्तै दल बहादुर थापा ईश्वरले उनी सम्पर्कमा आए उनको ब्यसायलाई थप सहयोग गर्न तयार रहको बताउदै आउने आधारनै नभएपछि कानुनी बाटोमा लागेको बताएका छन ।

उनि शिद्धार्थ क्याम्पसका स्ववियू सदस्य समेत रहेका थिए ।

सम्बन्धित् समाचार