गृहपृष्ठ खबर लोक सेवाको अन्तर्वार्तामा कोरोना पीसीआर परीक्षण रिपोर्ट अनिवार्य

लोक सेवाको अन्तर्वार्तामा कोरोना पीसीआर परीक्षण रिपोर्ट अनिवार्य

लोक सेवा आयोगले विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीको अन्तवार्तामा सहभागी हुन कोरोना भाइरसको पीसीआर विधिमार्फत गरिएको परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ ।

आयोगले सूचना निकालेर विभिन्न सेवाका राजपत्राङ्कि‍त प्रथम श्रेणी, सहसचिव वा त्यो सरह (अप्राविधिकरप्राविधिक) विभिन्न पदका लागि अन्तर्वार्ता दिन पीसीआरमार्फत परीक्षणको सक्कल रिपोर्ट अनिवार्य बुझाउन भनेको हो ।

लकडाउनको बेला काम विशेषले काठमाण्डौ उपत्यकाबाहिर गएका वा उपत्यकाबाहिर कार्यरत उम्मेदवारले अन्तारवार्ता अगावै आफ्नो स्वास्थ्यको परीक्षण रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन आग्रह गरिएको छ ।

आयोगको सूचनामा स्वास्थ्य परीक्षणमा कुनै अप्ठ्यारो भए आयोगले सहजीकरणसमेत गरिदिने उल्लेख गरिएको छ । लोक सेवा आयोगले असार २ गतेदेखि विभिन्न समूहको सहसचिव पदको लागि अन्तर्वाता लिँदै छ ।

सम्बन्धित् समाचार