गृहपृष्ठ Featured अर्घाखाँचीमा तरकारी नष्ट गरिएकोप्रती कांग्रेस कपिलवस्तुको गम्भीर ध्यानाकषर्ण

अर्घाखाँचीमा तरकारी नष्ट गरिएकोप्रती कांग्रेस कपिलवस्तुको गम्भीर ध्यानाकषर्ण

प्रकाशित मिति:

कपिलवस्तु जेठ २०
कपिलवस्तुको बुद्धभुममी नगरपालिका– १० धनकौलीमा उत्पादीत तरकारीमा कोराना मिसिएको भन्दै अर्घाखाँचीमा नष्ट गरिएको घटना प्रति कांग्रेस कपिलवस्तुे गंभीर ध्यानाकषर्ण भएको जनाएको छ ।

रामघाट तरकारी संकलन केन्द्र मर्फत अर्घाखाँचीका ब्यापारी रामकिशोर बानियाले किनेर पुरेयाएको तरकारी गत जेठ १८ गते त्यहाको सिडिओको आदेशमा प्रहरीले डम्पीङ साईटमा फालेको थियो ।

पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यको नेत्ृवममा गएको टोलीले प्रजिअ दीर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाउदै कठिन सयममा उत्पादन गरेका कृषकलाइृ प्रोत्साहन दिनुको साटो उल्टो नष्ट गरिदा आम कृषकमा निराशा छाएको बताए ।

 

 

सो कार्यको घोर भर्सना गर्दै दोषी उपर कानुनी कारबाही तथा त्यसको उचित क्षेतिपुर्तिको माग गरिएकोे छ । मागको सुनुवाई नभए कृषकहरुले जिल्लाका बिभिन्न नााका हुदै अर्घाखाँची जाने अन्न तरकारी रोकेमा त्यसमा कांग्रेसको पनि एकेबद्धता हुने जनाईएको छ ।

पार्टी सभापति आचार्यले तरकारीबाट कोरोना सर्छ भन्ने कुनै तथ्य प्रमाणहरु नभएको बेला एकतर्फीरुपमा गरिएको गैर जिम्मेवारी कार्यले सारा कपिलवस्तुबासीलाई दख्ीत तुल्याएको बताए ।

उता ज्ञापन पत्र बुझाउन सगै गएका किशान संघका जिल्ला सभापति चुर्तभुजमणि त्रिपाठीले किशानको परिश्रमत लगानीको अर्घाखाँची प्रशासने अवमुल्यन गरको र त्यसको तत्कालै क्षतिपुर्ति दिनु पर्ने माग गरे ।

प्रदेश सदस्य रिना नेपालले कोरोनाको बाहानामा कपिलवस्तुका कृषकहरुको घोर अपमान गरिएकाले कृषकहरुलाई उचित क्षतिपुर्ति दिनु पर्ने माग गरिन । रामघाट तरकारी संकलन केन्द्रका अध्यक्ष तथा धनकौलीका अगुवा कृषक बहराईची केवटले लकडाउनको मारमा परेको बेला १०÷१२ रुपैया किलोका दरले बचेको तरकारी पनि डम्पीङ साईटमा फाल्दा आफुहरुलाई निकै दुःखी बनाएको बताए ।
उनले आफुहरुलाइृ त्यसको क्षतिपुर्ति दिनु पर्नै माग गरे । ज्ञापन पत्रको बोधार्थ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा समेत पठाईएको छ । ज्ञापन पत्र ब्झाउने टोलीमा जिल्ला समन्वय समितिको सदस्य अनुप पाण्डेय, धनकौलीका कृषकहरु समेत थिए । उनीहरुले समेत प्रजिअ दीर्घनारयण पौडेललाई ज्ञापन पत्र बुझाएका छन ।

सम्बन्धित् समाचार