गृहपृष्ठ अर्थ/वाणिज्य कृष्णनगर नगरपालिकाले १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गर्दै

कृष्णनगर नगरपालिकाले १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गर्दै

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले किसानका लागी १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ ।
कृष्णनगर नगरपालिका बहादुरगंजमा रहेको राम गोरखा मा। वि। मा उक्त विउ वितरण भर्इरहेको छ । यतिवेला किसानहरुले विउ छर्ने बेला भएकाले उक्त धानको विउ वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका कृषि अधिकृत सुदिप प्रताप मौर्य ले जानकारी दिए ।

१८ क्विंटल हाइब्रिड धानको बिउ मा ६४४४ जुन १३५ दिन म तयार हुने ,गक ३०५ जुन १२५(१३५ दिनमा तयार हुने र महिको कम्पनी को उपज धान १२० दिन मा तयार हुने खालको जात रहेको छ ।कृषि समुह र किसान व्यक्तिगत मार्फत उक्त विउ वितरण गरिने कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए ।

किसान को पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले बताउनु भयो ।

सम्बन्धित् समाचार