कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले किसानका लागी १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ ।
कृष्णनगर नगरपालिका बहादुरगंजमा रहेको राम गोरखा मा। वि। मा उक्त विउ वितरण भर्इरहेको छ । यतिवेला किसानहरुले विउ छर्ने बेला भएकाले उक्त धानको विउ वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका कृषि अधिकृत सुदिप प्रताप मौर्य ले जानकारी दिए ।
१८ क्विंटल हाइब्रिड धानको बिउ मा ६४४४ जुन १३५ दिन म तयार हुने ,गक ३०५ जुन १२५(१३५ दिनमा तयार हुने र महिको कम्पनी को उपज धान १२० दिन मा तयार हुने खालको जात रहेको छ ।कृषि समुह र किसान व्यक्तिगत मार्फत उक्त विउ वितरण गरिने कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए ।
किसान को पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले बताउनु भयो ।