काठमाडौं । नेपालमा तीव्र गतिमा कोरोना फैलँदै गएको छ ।
बुधबार मात्रै २०१ कोरोना संक्रमित थपिएका छन् ।
थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । २०१ जना थप भएसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २३०० पुगेको छ । डिस्चार्ज हुनेको संख्या भने २७८ पुगेको छ ।
जसमा धनकुटा १, सप्तरी १, ताप्लेजुङ ३, झापा २, पाँचथर १, सुनसरी ८, पर्सा ७, दैलेख ७, सल्यान २, मोरङ २, तेह्रथुम १, कैलाली ३, डोटि २, कपिलवस्तु ६९, पाल्पा २, रुपन्देही २७, महोत्तरी ९, कालिकोट ७, दाङ ५, प्युठान २, सल्यान १, धनुषा १, काठमाडौ ३, नवलपरासी ८, रौतहट ११, सर्लाही १५, सिन्धुपाल्चोक १ थप भएका हुन् ।
दोलखाका २३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ र कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।









