कपिलवस्तु ।
सीमावर्ती क्षेत्रमा कोरोना नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्ने सरकारको नीति अनुसार बुधबारबाट कपिलवस्तु जिल्लामा सेना परिचालन गरिएको कपिलवस्तु प्रशासनले बताएको छ ।
जिल्लाको कृष्णनगर सीमा नाका र मर्यादपुर सीमा नाकामा होल्डिंग क्याम्प राख्ने गरी सेनालाई परिचालन गरिएको छ । सेनाले अब सीमा नजिकै होल्डिंग क्याम्प स्थापना गरि भारतबाट आएकाहरुलाई व्यवस्थापन गर्नेछन । साथै उनीहरुको स्वास्थ्य चेकजाँच पनि हुनेछ ।
लक्षण देखिएकाहरुलाई तत्कालका लागि त्यहि व्यवस्थापन गरिने छ भने लक्षण नदेखिएका र सामान्य व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको पालिकाकाको जिम्मा लगाइनेछ। होल्डिंग क्याम्प संचालनका लागि नेपाली सेनाका मेजरको कमाण्डमा २० जना खटाईएको कपिलवस्तु जिल्ला प्रमुख दिर्घनारायण पौडेलले वैखरी अनलाइनलाई बताए ।