
कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा स्वाब सङ्कलन गरिएका एक सय ५० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।दुई जनाको भने रिपोर्ट पोजेटिभ आएको छ ।
यही जेठ १४ गते स्वाब सङ्कलन गरिएकाहरुको रिपोर्ट झण्डै एक हप्तापछि आज सार्वजनिक गरिएको हो । दुई दिनअघि वडा नम्बर ११ का दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनिहरुको अहिले भैरहवामा उपचार भइरहेको बाणगंगा नगपालिकाका नगर प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारि दिए ।
त्यस्तै वाणगङ्गाका एक जनप्रतिनिधि र दुई पत्रकार सङ्क्रमित भएपछि कन्ट्याक ट्रेसिङको आधारमा सिद्धार्थ क्याम्पसमा स्वाब सङ्कलन गरिएकामध्ये दुईजना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।उनका अनुसार स्वाब सङ्कलन गरिएकामध्ये सञ्चारकर्मी १७, जनप्रतिनिधि १३, नगरका कर्मचारी २८, सुरक्षाकर्मी दुई, क्वरेण्टीनमा रहेका १५ र समुदायका ७५ गरी एक सय ५० जनाको स्वाब सङ्कलन भएको थियो ।









