गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा लकडाउन खुकुलो भएसँगै संक्रमणदर उच्च, बुधबार अहिलेसम्मकै धरैमा संक्रमण

भारतमा लकडाउन खुकुलो भएसँगै संक्रमणदर उच्च, बुधबार अहिलेसम्मकै धरैमा संक्रमण

भारतमा बुधबार एकै दिन झण्डै १० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा बुधबार नौ हजार ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ। यो भारतमा अहिलेसम्म भएको अहिलेसम्मकै उच्च संक्रमण हो।

भारतमा १ जुनदेखि लकडाउन केही खुकुलो बनाइएको छ। लकडाउन केही खुकुलो हुनेबित्तिकै भारतमा संक्रमणदर उच्च देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण ६ हजार ८८ जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँ अहिलेसम्म २ लाख १६ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। बुधारबार त्यहाँ संक्रमणको कारण २ सय ५९ जनाले ज्यान गुमाएका छन्।

विश्वभर अहिलेसम्म संक्रमणको कारण ३ लाख ८६ हजार ७ सय ८४ पुगेको छ भने संक्रमितको संख्या ६५ लाख ६२ हजार नाघेको छ।

गएको २४ घन्टामा विश्वभर १ लाख २१ हजार २ सय २० जना नयाँ संक्रमित थपिएका छन्। गएको २४ घन्टामै विश्वभर संक्रमणबाट ४ हजार ९ सय २५ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित् समाचार