गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा लकडाउन खुकुलो भएसँगै संक्रमणदर उच्च, बुधबार अहिलेसम्मकै धरैमा संक्रमण

भारतमा लकडाउन खुकुलो भएसँगै संक्रमणदर उच्च, बुधबार अहिलेसम्मकै धरैमा संक्रमण

प्रकाशित मिति:

भारतमा बुधबार एकै दिन झण्डै १० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा बुधबार नौ हजार ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ। यो भारतमा अहिलेसम्म भएको अहिलेसम्मकै उच्च संक्रमण हो।

भारतमा १ जुनदेखि लकडाउन केही खुकुलो बनाइएको छ। लकडाउन केही खुकुलो हुनेबित्तिकै भारतमा संक्रमणदर उच्च देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण ६ हजार ८८ जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँ अहिलेसम्म २ लाख १६ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। बुधारबार त्यहाँ संक्रमणको कारण २ सय ५९ जनाले ज्यान गुमाएका छन्।

विश्वभर अहिलेसम्म संक्रमणको कारण ३ लाख ८६ हजार ७ सय ८४ पुगेको छ भने संक्रमितको संख्या ६५ लाख ६२ हजार नाघेको छ।

गएको २४ घन्टामा विश्वभर १ लाख २१ हजार २ सय २० जना नयाँ संक्रमित थपिएका छन्। गएको २४ घन्टामै विश्वभर संक्रमणबाट ४ हजार ९ सय २५ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित् समाचार