
बिहीबार चीनमा एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएको छ ।
समाचार एजेन्सी रोयटर्सले चीनको स्वास्थ्य विभागको रिपोर्टलाई उद्धृत गर्दै भनेको छ, ुचार वटा यस्तो मामिला पनि सार्वजनिक भएको छ, जसमा सङ्क्रमणको कुनै लक्षण देखिएको छैन । यो घटना जुन ३ तारिखको हो ।
नेशनल हेल्थ कमिसनका अनुसार सबै सङ्क्रमित चीनबाहिरबाट आएका व्यक्तिमा देखिएको हो । उनीहरुले भर्खरमात्रै विदेशको यात्रा गरेका थिए ।
गएको जुन २ तारिखमा पनि पाँच जनामा कोरोना पुष्टि भएको थियो, जसमा सङ्क्रमणको कुनै लक्षण देखिएको थिएन ।
चीनले सङ्क्रमित हुनेको सङ्ख्याको रेकर्ड राख्ने क्रममा लक्षण नदेखिएका सङ्क्रमितलाई गन्दैन ।
चीनमा अहिलेसम्म ८४ हजार एक सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार हजार ६ सय ३८ जनाको ज्यान गएको छ ।








