गृहपृष्ठ Featured चौरजहारी घटना आरोपित वडाध्यक्ष सहित १८ जनालाई दश दिन थुनामा राख्न अदालतको अनुमति

चौरजहारी घटना आरोपित वडाध्यक्ष सहित १८ जनालाई दश दिन थुनामा राख्न अदालतको अनुमति

प्रकाशित मिति:

रुकुम पश्चिम ( चौरजहारीको सोतीमा गएको जेठ १० गते भएको घटनामा पक्राउ परेका चौरजहारी नगरपालिका(८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित १८ जनालाई १० दिन थुनामा राख्न जिल्ला अदालत रुकुम पश्चिमले अनुमति दिएको छ।

प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताउनुभयो । अदालतले उनीहरुलाई घटनामा संलग्नको अभियोगमा थप अनुसन्धान गर्नका लागि थुनामा राख्न अनुमति दिएको हो।

घटनामा संलग्न भएको भनी मृतकका परिवारले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् । पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकामा २ जना अझै फरार छन् ।

सम्बन्धित् समाचार