गृहपृष्ठ अर्थ/वाणिज्य बुद्धभूमीका किसानलाई क्षतिपुर्ति र दोषिलाई कारवाहीको मागसहित ज्ञापनपत्र पेश

बुद्धभूमीका किसानलाई क्षतिपुर्ति र दोषिलाई कारवाहीको मागसहित ज्ञापनपत्र पेश

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका १० का किसानले उत्पादन गरेको तरकारी अर्घाखाँचीको सन्धिखर्कमा डम्पिङ साइटमा फालिएको घटनाप्रति गंभिर ध्यान आकृष्ट भएको भन्दै इन्सेक कपिलवस्तुले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेश गरेको छ । सहजकर्ता नन्दराम डेल, माहुरीहोमका अध्यक्ष रविन्द्र ठाकुर मानवअधिकार निगरानी समुह सदस्य पशुपतिमणी त्रिपाठी , सदस्य कस्तुरा सिक्देल र जिल्ला प्रतिनिधि पार्वती आचार्य ,नेपालपत्रकार महासघका जिल्ला सदस्य सरस्वती आर्चाय सहितको टोलिले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

किसानहरुले दुख्ख गरेर उत्पादन गरेको तरकारी फाल्ने प्रशासनको निर्देशनमा भएको उक्त घटनाकाको इन्सेकले स्थलगत अनुगमन गरि तयार पारेको प्रतिबेदन समेत बुझाइएको छ । कपिलवस्तुबाट चामल आलु ,तेल नुन लगाएतका खाद्यान्न लैजाँदा त्यसमा कोरोना नलाग्ने तर कपिलवस्तुका किसानवाट उत्पादीत तरकारीमा कोरोना लाग्ने भन्दै फाल्नु गलत र खेदजनक कार्य भएको ज्ञापनपत्रमा उल्लेख छ ।
बुद्धभुमि नपा १० धनकौलीका कृषकहरु एकदमै चिन्तित भएको अवस्था छ किसानहरुको मनोवल उच्च राख्नका लागी पनि किसानले उत्पादन गरेको तरकारी नष्ट गर्ने माथी कारवाही र क्षतिपुर्ति दिनुको साथै कृषकलाई प्रोत्साहन गर्नका लागी तरकारी विक्रि वितरणको लागी बतावरण बनाइदिन सरकारको गंभिर ध्यान आकृष्ट गर्दछौ ज्ञापनपत्रमा भनिएको छ । ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं १ मा लामो समयदेखि खाद्यान्न, तरकारी र फलफूल विक्री गर्दै आएको पुष्पा स्टोरका सन्चालक किशोर बांनियाले जेठ १६ गते ७९ हजार ,५ सय ३५ रुपैंयाको तरकारी खरिद गरेर लगेका थिए । कोरोना संक्रमित जिल्लाबाट ल्याईएको भन्दै अर्घाखांचीको सन्धिखर्कमा हरियो तरकारी नष्ट गरिएको थियो । बुद्धभुमीबाट बिक्रिका लागि अर्घाखाचीको सन्धीखर्क लगिएको हरियो तरकारी जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रहरी नायब उपरिक्षक प्रकाश विष्टको निर्देशनमा नष्ट गरिएको इन्सेकद्धारा गरिएको स्थलगत प्रतिबेदनमा उल्लेख छ । उक्त घटनाको इन्सेक अर्घाखाँची र कपिलवस्तुले स्थलगत अनुगमन गरि प्रतिबेदन समेत सार्वजनिक गरेको छ ।
लकडाउनका कारण जिल्लामा हरियो तरकारी अभाव भएपछि कपिलवस्तुबाट बोडि, करेला, लौका, घिरौला, भिण्डी, टमाटर, खुर्सानी लगायतका हरियो तरकारी विक्रीको लागि लगेका थिए । अर्घाखांची प्रशासनले जिल्लामा यस अघि गरीएको निर्णय बिपरीत तरकारी ल्याइएको र हरियो तरकारीबाट कोरोना संक्रमण हुन सक्ने भन्दै प्रहरी टोलीले सन्धिखर्क स्थीत डम्पिङ साइडमा लगेर नष्ट गरेको थियो ।
कपिलवस्तुको धनकौलीका किसानहरुवाट ४ क्वीन्टल ६५ किलो टमाटर , १ क्वीन्टल ६२ किलो घिरौला, भिण्डी १ क्वीन्टल ८० किलो , वोडि १ क्वीन्टल ५० किलो , खुर्सानी १ क्वीन्टल ५० किलो , करेला १ क्वीन्टल ८० किलो , १ क्वीन्टर ८५ किलो लौका , खरभुजा १ क्वीन्टल र १ क्वीन्टल सुकेको खुर्सानी नस्ट गरिएको थियो । निम्न किसानहरु मेगनाथ केवट , सुभाष केवट , उमेश केवट , राम शरण केवट , मझिला केवट , राम किसुन केवट , छाँगुर केवट , चन्द्रेश्वर यादव र भिम केवट लगाएतका किसानहरुले जिविको पार्जननै तरकारी खेती गर्दै आएका थिए । यसै कृषि पेशावाट नै वालवच्चा लालनपालनमा खर्च पु¥याउँदै आएको वताउँछन् ।

यस्तै तराईका जिल्लामा उत्पादित अन्य खाद्यवस्तु आयात गर्दै जिल्लावाशीको माग पुरा गर्दै आएको अर्घाखांचीमा छिमेकी जिल्ला कपिलवस्तुका किसानले उत्पादन गरेको हरियो तरकारी यसरी नष्ट गर्नु गैरजिम्मेवार पूर्ण कार्य भएको मानवअधिकारकर्मीको ठहर छ । अत उक्त घटनाको सरकारी तबरवाट अध्यन गरि पीडित किसानलाई क्षतिपुर्ति र दोषि उपर कारवाही र कृषकहरुलाई प्रोत्सान गर्ने बातावरण बनाउनुको साथै उत्पादीत तरकारीको बजार ब्यावस्थापन गरि दिनु अनुरोधका साथ यो ज्ञापनपत्र बुझाएको उल्लेखगरिएको छ । उक्त ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले उक्त घटना दुखद भएको र किसानहरुको राहत र क्षतिपुर्तिका लागी आफुले प्रयास गर्ने बताउनु भएको छ । यसैगरि बुद्धभुमि नपा कृषी शाखाका प्रमुख देविराम बेलवासेलाईै समेत कृषकको क्षेतिपुर्तिका लागी पहल गरिदिन ज्ञापनपत्र बुझाइएको छ ।

सम्बन्धित् समाचार