गृहपृष्ठ Featured १२ दिनसम्म रिपोर्ट नआएपछि आरडिटि गरि घर पठाइएका शितगंगाका एकको कोरोना पोजेटिभ

१२ दिनसम्म रिपोर्ट नआएपछि आरडिटि गरि घर पठाइएका शितगंगाका एकको कोरोना पोजेटिभ

शितगंगा नगरपालिकामा पहिलो पटक कोरोना पोजेटिभ भेटिएको छ । शितगंगा नगरपालि लुधियाना बाट आएका ५ जना मध्येका १ जनामा कोरोना भेटिएको हो १२ दिन सम्म पिसियार रिर्पोट नआए पछि उनिहरुको आरडिटी गरि घर पठाइएको थियो ।

तर उनिहरुको आज मात्र रिर्पोट आएको छ उनिहरु ५ जना लुधियानाबाट कृष्णनगर सम्म टेक्सीमा र कृष्णनगरबाट पैदल यात्रा हुँदै शितगंगा सम्म आएका थिए । आरडिटीमा नेगेटिभ देखिए पछि उनिहरुलाइ आज बिहानै छाडिएको थियो उनि पैदलनै घरमा पुगेका थिए भने सँगै बसेका शितगंगाका र मारारानीका १ जना समेत घरमा पुगिसकेकाछ छन ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परिक्षणमा शितगंगाका नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक जनामा कोराना पोजिटिभ देखिएको हो ।

यता स्वास्थ शितगंगा नगरपालिकाको स्वास्थ शाखाले पटकपटक सम्पर्क गर्दा समेत जानकारी नभएको बताए पनि सक्रमित पुरुषले नै रेडियो शितगंगामा सँग फोन गर्दै आफ्नो स्वास्थ समेत सामान्य रहेको र आइसोलेसनमा जाने तयारीमा आफु आउनेक्रममा बिच सडकमा रहेको जानकारी गाराएका थिए ।

सम्बन्धित् समाचार