बिमा समितिले ‘कोरोना बिमा पोलिसि’ बन्द गर्न निर्देशन दिएको छ। पछिल्ला दिनमा संक्रमितको संख्या बढेपछि नेपाल बिमक संघले कोरोना बिमा तत्कालका लागि स्थगित गरिएको हो । व्यवसायीले थप दायित्व बहन गर्न नसक्ने भन्दै यसलाई स्थगन गर्न लिखित आह्वान बुझाएपछि बिमा समितिले सहमति दिएको हो ।
संक्रमित बढ्दै गइरहेको समयमा कोरोना बिमाप्रति आकर्षण बढेपछि दाबी भुक्तानी गर्न पर्ने रकमको परिणाम बढ्ने र दाबी अनुसारको भुक्तानी गर्न समस्या हुने आकलनपछि पोलिसि नै बन्द गरिएको हो।