रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना संक्रमितको संख्या २४ पुगेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
बिहिबार एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या २४ पुगेको शाखाले जनाएको हो ।
नगर स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा २९ जनाको पिसिआर परीक्षण गर्न पठाएकोमा १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
बिहिबार संक्रमित भएका मध्ये १७ जना पुरुष र १ जना महिला रहेका छन् ।यस अघि सैनामैनामा पहिलो पटक २७ बर्षीय पुरुषमा र मंगलबार ५ जनामा कोरोना पुष्टि भएको थियो ।