गृहपृष्ठ अन्तरास्ट्रिय खबर युएईमा अलपत्र परेका नेपालीको आजदेखि उद्धार

युएईमा अलपत्र परेका नेपालीको आजदेखि उद्धार

प्रकाशित मिति:

सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धार कार्य सुरु गरेको छ । आज शुक्रवार युएई र बर्माबाट नेपालीहरुलाई नेपाल  ल्याईदै छ । युएईमा अलपत्र परेका एकसय ५० जना भन्दा बढी नेपाली ल्याउन शुक्रवार पहिलो उडान हुनेछ ।

दूतावास युएई श्रोतका अनुसार शुक्रवार अति अलपत्र परेकाहरुको पहिचान गरी नेपाल ल्याईने तयारी गरिएको छ । यसैगरी प्राथमिकताको आधारमा भिजिट भिसा, बृद्धा, गर्भवती महिलालाई आगामी ८ तारिक नेपाल फर्काउने तयारी भैरहेको दूतावास श्रोतले जनाएको छ। दूतावासको जानकारी अनुसार युएईमा ५० भन्दा बढी नेपाली गर्भवती महिला उद्दारको पर्खाईमा रहेका छन् ।

युएईबाट नेपाल फर्कने चाहने नेपालीको संख्या १८ हजार ७ सय ७२ जना रहेको छ । यसैगरी बर्मामा अलपत्र परेका २६ नेपालीलाई पनि सरकारले शुक्रबार नै नेपाल ल्याउदै छ ।

सम्बन्धित् समाचार