कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ का थप ४४ जना व्यक्तिमा पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४७५ पुगेको छ । जिल्लामा यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।यशोधरामा ८ महिने बच्चासहित २९ जना थप कोरोना संक्रमित पुष्टि भएसँगै कुल संक्रमित संख्या १३५ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार नयाँ संक्रमित यशोधरा गाउँपालिका वाड न ७ का बर्ष ८ महिना,१६,१७,२०,२०,२०,२१,२२,२३,२४,२४,२५,२५,२५,२५,२५,२६,२६,२८,२८,२९,३०,३०,३०,३८,३८,४०,४५,५२ पुरुष २९ जना रहेका छन् ।








