काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या पुगेको २ हजार ९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९१२ पुगेको जनाए ।