गृहपृष्ठ Featured कपिलवस्तु-एक हप्तामै दोब्बर बढी कोरोना संक्रमित ,रफ्तारमा बढ्दै संख्या

कपिलवस्तु-एक हप्तामै दोब्बर बढी कोरोना संक्रमित ,रफ्तारमा बढ्दै संख्या

कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या रफ्तारमा बढ्दै छ । पछिल्लो एक हप्तामै दोब्बर बढी कोरोना संक्रमित पुष्टि भएसँगै जिल्ला नै हटस्पोट बनेको छ । जिल्लाका १० ओटै पालिकामा संक्रमित भेटिएका छन् । एक हप्ता अगाडि कपिलवस्तु जिल्लामा संक्रमितको संख्या १८८ ( २०७६/०२/१६) थियो भने शुक्रबारसम्म संक्रमितको संख्या ४७५ पुगेको छ । यो संख्या दोब्बर भन्दा बढी हो ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुमा कोभिड १९ का अान थप ४४ जना व्यक्तिमा पोजेटिभ पुष्टि भएसंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४७५ पुगेको छ ।

सम्बन्धित् समाचार