कपिलवस्तुमा कोभिड १९ थप ३९ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५२३ पुगेको छ । आज मात्रै बिहान ९ र अहिले ३९ गरी एकैदिन ४८ संक्रमित थपिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार थप संक्रमित महाराजगन्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष र बर्ष ६ देखि ५५ सम्मका ६ महिला गरी कुल ३७ जना र यशोधरा गाउँपालिका वाड न ७ का बर्ष २५ महिला१ र बर्ष २५ का पुरुष १ जना रहेका छन् ।
सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परीक्षण गरिएको हो ।








