कपिलवस्तु ।कपिलवस्तुमा कोरोना संक्रमण दर तीव्र गतिमा बढेको छ ।प्रदेश पाँचका संक्रमित मध्ये आधाभन्दा बढी संक्रमित कपिलवस्तुमा मात्रै छन् ।कपिलवस्तुमा संक्रमितको संख्या ५२३ पुगेसँगै देशकै कोरोना हटस्पट बनेको छ । कपिलवस्तुका यशोधरा गाउँपालिकामा १३७ सबैभन्दा बढी र महाराजगन्ज नगरपालिकामा १०२ संक्रमित भेटिएका छन् । कपिलवस्तु जिल्लामा अहिलेसम्म ४१ कोरोना संक्रमित निको भएर घर फर्केका छन् भने ४८२ संक्रमित उपचारका क्रममा छन् ।
५२३ जना संक्रमित कपिलवस्तुका कुन कुन पालिकाका हुन् त ? हेर्नुस् पछिल्लो विवरण

स्रोत : जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु










