गृहपृष्ठ अन्तरास्ट्रिय खबर विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो,३४ लाख ११ हजार ९८ संक्रमित निको

विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो,३४ लाख ११ हजार ९८ संक्रमित निको

विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या चार लाख २ हजार ४७ पुगेको छ । चीन, स्पेन, इटाली, जर्मनी, फ्रान्सलगायत सुरु चरणमा संक्रमण फैलिएको देशमा नियन्त्रणमा आए पनि अन्य देशमा संक्रमितको संख्या बढिरहेको छ ।

शनिबार कोरोनाभाइरस संक्रमणबाट विश्वमा चार हजार १७७ जनाको मृत्यु भएको छ । यो संख्या शुक्रबार र बिहीबारको तुलनामा कम हो । शुक्रबार चार हजार ९०६ र बिहीबार पाँच हजार ५१२ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट १७ अप्रिलमा विश्वभर सबैभन्दा बढी आठ हजार आज हजार ४३५ जनाको मृत्यु भएको थियो । त्यस यता मृत्यु हुनेको संख्या उतारचढाव भइरहे पनि औषतमा घट्दै गएको छ ।

तर, संक्रमित हुनेको संख्या भने निरन्तर बढिरहेको छ । शनिबार विश्वमा एक लाख २६ हजार ७१५ जना नयाँ संक्रमित फेला परे । गत बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी एक लाख ३० हजार ५११ जना र शुक्रबार एक लाख ३० हजार ४८९ नयाँ संक्रमित फेला परेका थिए ।

विश्वमा ३४ लाख ११ हजार ९८ संक्रमित निको भइसकेका छन् । अहिले ३१ लाख चार हजार ८५ संक्रमित उपचाररत छन् । तीमध्ये दुई प्रतिशत अर्थात ५३ हजार ५८७ जना गम्भीर छन् ।

अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या करीब २० लाख पुगिसकेको छ । त्यहाँ एक लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ । त्यसपछि बेलायतमा ४० हजार ४६५ जनाको मृत्यु भएको छ ।

एसियामा भारत र इरानमा संक्रमितको संख्या एक लाखमाथि छन् । भारतमा इटालीमा भन्दा बढी संक्रमित पुगिसकेका छन् । त्यहाँ अहिले दुई लाख ४६ हजार ६२२ संक्रमित छन् । बढी संक्रमित भेटिने देशको सूचीमा भारत पाँचौँ नम्बरमा छ ।

सम्बन्धित् समाचार