कपिलवस्तुमा एक बैंकका म्यानेजरलाई पनि कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमुना परिक्षणमा तौलिहवाको एक बैंकका प्रबन्धकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमित क वर्गको बैंकका प्रबन्धक हुन ,उनीसंगै ६५ जनाको स्वाब संकलन गरिए मध्ये उनलाई मात्र कोरोना देखिएको जनाइएको छ ।