गृहपृष्ठ Featured थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

प्रकाशित मिति:

बितेको २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्।

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना जितेको निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए ।

संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन्। अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

सम्बन्धित् समाचार