गृहपृष्ठ अन्तरास्ट्रिय खबर कोभिड–१९ को आपत्तकालिन खोप शरद ऋतुसम्म उपलब्ध हुन्छ : चिनियाँ विज्ञ

कोभिड–१९ को आपत्तकालिन खोप शरद ऋतुसम्म उपलब्ध हुन्छ : चिनियाँ विज्ञ

आपत्तकालिक प्रयोगका लागि कोभिड–१९ को खोप चाँडोमा यो वर्षको शरद ऋतु र ढिलोमा यो वर्षको अन्त्यसम्म उपलब्ध हुने चीनका शीर्ष संक्रामक रोग विशेषज्ञ झोङ नान्सानले शनिबार बताएका छन् । हाल चीनमा कोभिड–१९ का सम्भावित ६ वटा छोपहरु क्लिनिकल परीक्षणमा रहेको उनको भनाइ छ ।

कोरोनाभाइरसविरुद्ध मानिसलाई प्रतिरोधी बनाउन खोप नै उपयुक्त उपाय भएको र यो रणनीति अझै एक या दुई वर्ष टाढा रहेको विज्ञहरु बताउँछन् ।

यदी हामीले प्रकृतिक संक्रमणको माध्यमबाट मानिसहरुलाई प्रतिरोधी बनाउने हो भने विश्वको कूल जनसंख्याको ७ प्रतिशतले ज्यान गुमाउने झोङ बताउँछन् । ‘यसको मूल्य निकै ठूलो छ,’ उनी भन्छन् ।

यसअघि चिनियाँ अधिकारीहरुले पाँच वटा खोपहरु क्लिनिकल ट्रायलको चरणमा प्रवेश गरिसकेको बताएका थिए । जुन २ मा विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको तथ्यांकमा चिनियाँ कम्पनी फोसुन, जर्मनीको बायोएनटेक र अमेरिकी पीफाइजरले संयुक्त रुपमा निर्माण गरेको खोप पनि क्लिनिकल परीक्षणको चरणमा प्रवेश गरेको छ ।

स्रोत : ग्लोबल टाइम्स

 

सम्बन्धित् समाचार