प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्यूठानवाट संक्रलन गरि भैरहवा पठाइएको स्वाव परिक्षणको क्रममा प्यूठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित २, १७, ३२, १५, १८, २६, १८ र ३६ वर्षका सबै पुरुष रहेका छन् ।
यसअघि जिल्लाको सरुमारानी गाउँपालिकाका १ जना, माण्डबी गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।