वैखरी अनलाइन ,
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ८ बाट गत ९ गते नदीजन्य पदार्थको चोरी निकासि गर्दा प्रकाउ परेका जेसिबि र ट्याक्टरहरू मध्य तीन वटा ट्याक्टरहरु १६ दिन पछि ७५ हजार जरिवाना तिरेर छुटेका छन भने जेसिबी र अन्य तीन वटा ट्याकटरले जरिवाना तिर्न आनकानी गरेका छन स्रोतका अनुसार जरिवाना नतिर्ने जेसिबी र अन्य तीन वटा ट्याकटर धनी एकै व्याक्ती रहेको जानकारी प्राप्त भएको छ ।
जरिवाना तिर्नेमा लु ३ त ९१४७, लु ३ त ८९४४, लु ३ त २३५४ नम्बरका ट्याक्टरहरुले २५ हजारका दरले जरिवाना तिरेर छुटेका हुन । पटक पटक प्रहरीले जरिवाना तिर्नका लागि ताकेता गर्दा समेत तस्करले जरिवाना तिर्न नगएर उल्टै प्रहरीलाई पैसा खुवाउने चलखेलमा लागेको स्रोतले बताएको छ ।
तस्कर नाईकेले बिभिन्न जनप्रतिनिधीहरु र सांसदहरुलाई समेत सोर्स फोर्स लगाएर सवारी छुटाउनका लागी बिभिन्न किसिमबाट दवाब दिएको गोप्य सुचना प्राप्त भएको छ । नाईकेको नाम भने गोप्य राखिएको छ ।
उता ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशील जे जति सोर्स फोर्स लगाएता पनि नियम अनुसार जरिवाना नतिरेसम्म कुनै पनि हातलमा नछोडिने बताएका छन् । त्यस्तै अझै केहिदिन पटक पटक यस्तै प्रक्रिया दोहोरीएमा जेसिबि र ट्याक्टर धनीलाई नै अफ्ठ्यारो पर्न सक्ने उनको भनाई छ ।
एउटा जेसिबि सहित ६ वटा ट्याक्टरलाई ईलाका प्रहरी पिपराले गत ९ गते रातको समयमा बाणगंगाको वडा नः ८ मा नदीजन्य पदार्थ चोरी गर्दै गर्दा नियन्त्रणमा लिएको थियो ।