गृहपृष्ठ Featured कपिलवस्तुमा थपिए ८ जना कोरोना संक्रमित, जिल्ला भित्र संक्रमितको संख्या ५६६

कपिलवस्तुमा थपिए ८ जना कोरोना संक्रमित, जिल्ला भित्र संक्रमितको संख्या ५६६

प्रकाशित मिति:

कपिलवस्तुमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मंगलबार जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शिवराज नगरपालिकाको वडा नं. १ का १८ बर्षीय पुरुष, वडा नं. ९ की १२ बर्षीया महिला, वडा नं. १० की ४८ बर्षीया महिला, सोहि वडाका ४९ बर्षीय पुरुष, वडा नं. ११ का १८ बर्षीया महिला, १७ र ३५ बर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यशोधरा गाउँपालिकामा थप एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी वडा नं. ६ का ३८ बर्षीय रहेका छन ।

कपिलवस्तुमा संक्रमितको संख्या ५ सय ६६ पुगेको छ ।

सम्बन्धित् समाचार