गृहपृष्ठ Featured संशोधन फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन

संशोधन फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन

प्रकाशित मिति:

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै गिरीले संसदमा अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । स्रोत र प्रमाण नपुगेको भन्दै उनले प्रस्ताव खारेज गर्न माग गरेकी छन् । उनको सो प्रस्तावको तीव्र विरोध भइरहेको बेलामा पार्टीले भने यस्तो चेतावनी दिएको हो ।

सम्बन्धित् समाचार