गृहपृष्ठ अन्तरास्ट्रिय खबर अन्ततः आजदेखि सुरु हुँदै कोरोना भाइरस महामारीले रोकिएको स्पेनिस ला लिगा फुटबल

अन्ततः आजदेखि सुरु हुँदै कोरोना भाइरस महामारीले रोकिएको स्पेनिस ला लिगा फुटबल

कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल बिहीबार रातिदेखि पुनः सुरु हुँदैछ ।

गएको मार्चदेखि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको यो सिजनका खेलहरु बन्द रंगशालमा कडा सावधानीसहित बिहीबारदेखि पुनः सुरु हुने भएको हो ।

नेपाली समय अनुसार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबिच खेल हुनेछ । यो खेल नै कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग पुनः सुरु हुने पहिलो खेल बन्ने छ ।

आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने गरी यो सिजन जुलाई १८–१९ को सप्तान्तमा टुंग्याउने तयारी आयोजकको छ । तर त्यसलाई कोरोना भाइरसको संक्रमणको अवस्थाले प्रभावित गर्न सक्ने छ ।

स्पेन सरकारले खेलकुद विभागले ला लिाग र स्पेनिस सकर फेडेरेशन (आरएफइएफ) सँग लिग पुनः सुरु गर्ने सम्बन्धी सहमति गरेपछि ला लिगाका बाँकी ११ चरणका खेलहरु हुन लागेको हो ।

स्पेनमा फुटबल लिगहरु गएको मार्च १२ देखि रोकिएका थिए।

२७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक रहेको छ ।

सम्बन्धित् समाचार