गृहपृष्ठ Featured आज विश्व बालश्रम विरुद्धको दिवस, सात करोड ३० लाख बालबालिका अझै पनि जोखिमपूर्ण श्रममा संलग्न

आज विश्व बालश्रम विरुद्धको दिवस, सात करोड ३० लाख बालबालिका अझै पनि जोखिमपूर्ण श्रममा संलग्न

प्रकाशित मिति:

आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोभिड–१९ का कारण बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा जोखिम उत्पन्न भएको जनाएको छ । साथै सङ्कट व्यवस्थापन तथा पुनःस्थापनाका क्रममा सबैभन्दा जोखिममा रहेकालाई प्राथमिकता दिन विश्व समुदायलाई आह्वान समेत गरेको छ ।

बालश्रम विरुद्धको विश्व दिवस, २०२० को अवसरमा आईएलओले कोभिड–१९ महामारी र यसले निम्ताएको विश्वव्यापी आर्थिक तथा सामाजिक सङ्कटबाट पर्याप्त सामाजिक सुरक्षा प्रणालीको अभावमा गरिबीमा रहेका परिवारसँगै उनीहरुका बालबालिकामा जोखिम बढाएको उल्लेख गरेको हो । सन् २०२५ सम्ममा बालश्रमका सबै स्वरुपको अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्नेमा आईएलओले जोड दिएको छ ।

कोभिड–१९ फैलनु अगाडिसम्म विश्वभर झण्डै १० करोड बालबालिकालाई श्रमबाट मुक्त गरिएको पनि आईएलओले जनाएको छ । सन् २००० मा बाल श्रमिकको सङ्ख्या २४ करोड ६० लाख रहेकामा सन् २०१६ सम्म बालश्रम १५ करोड २० लाखमा झरेको छ । सात करोड ३० लाख बालबालिका अझै पनि जोखिमपूर्ण श्रममा संलग्न छन् ।

कोरोना सङ्कटले जोखिममा रहेका लाखौँ बालबालिकालाई फेरि बालश्रममा लगाउन सक्ने खतरा रहेको आईएलओले औँल्याएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२१ लाई बालश्रम उन्मूलनका लागि अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको छ ।

सङ्गठनले बालश्रम विरुद्धको लडाईंका लागि विश्वव्यापी, क्षेत्रीय, राष्ट्रिय तथा सामुदायिक स्तरमा बलियो साझेदारीको आवश्यकतामा जोड दिएको छ । सन् २०२५ सम्म सबै प्रकारको बालश्रम अन्त्य गर्ने दीगो विकास लक्ष्यको उद्देश्य ८।७ ले पनि प्रभावकारी समन्वय गरिरहेको आईएलओले जनाएको छ ।

नेपाल लगायतले २१ देश तथा २५० साझेदार संस्थाले आफ्ना कदमलाई अझ तीव्र बनाउने, रचनात्मक समाधान कार्यान्वयन गर्ने, उत्कृष्ट अभ्यास तथा सिकाइबारे ज्ञान आदनप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना ९२०७५–२०८५० ले विसं २०८५ भित्र नेपालबाट सम्पूर्ण प्रकारका बालश्रम उन्मूलन गर्ने लक्ष्य लिएको छ । गुरुयोजनाले विसं २०७९ भित्र निकृष्ट प्रकारका बालश्रम अन्त्य गर्ने घोषणा गरेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको बालश्रमसम्बन्धी तथ्याङ्क अनुसार बालश्रमको अनुपात विस्तारै घट्दै गइरहेको छ । विभागले प्रकाशन गरेको बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण अनुसार पाँचदेखि १७ वर्ष उमेरसम्मका ३७।४ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेका छन् ।

गलैँचा उद्योग, ढुङ्गा खानीजस्ता क्षेत्रमा बालश्रम कम हुँदै गएको छ भने केही क्षेत्रमा बालश्रम बढेको देखिन्छ । सडक व्यापार, मोटरसाइकल र साइकल मर्मत, सामान ओसारपसार, घरायसी काम, भरिया, सीमामा अवैध सामान ओसारपसार, कपडामा जरी भर्ने लगायत क्षेत्रमा बालश्रम बढिरहेको गुरुयोजनामा उल्लेख छ ।

सम्बन्धित् समाचार