गृहपृष्ठ Featured आज ४४८ कोरोना संक्रमित थपिए ,कुल संक्रमित ५ हजार माथि

आज ४४८ कोरोना संक्रमित थपिए ,कुल संक्रमित ५ हजार माथि

प्रकाशित मिति:

नेपालमा शुक्रबार ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।

सम्बन्धित् समाचार