गृहपृष्ठ खबर सैनामैनामा थप १ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ३० पुग्यो

सैनामैनामा थप १ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ३० पुग्यो

 

रुपन्देहीको सैनामैना नगरपालिकामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शुक्रबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गहुँबाली अनुसन्धान केन्द्र भैरहवामा गरिएको पिसिआर परीक्षणमा वडा नं ९ का ४२ बर्षीय पुरुष्को रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार यो सँगै सैनामैनामा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

उनी भारतबाट आई क्वरेन्टिनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित् समाचार