गृहपृष्ठ Featured वाणगंगाको चार नम्बर जीतपुर चोकमा सरकारको समर्थनसंगै विरोध प्रदर्शन

वाणगंगाको चार नम्बर जीतपुर चोकमा सरकारको समर्थनसंगै विरोध प्रदर्शन

 


कपिलवस्तुको वाणगंगा नगरपालिका चार नम्बर जीतपुर चोकमा सरकारको समर्थनसंगै विरोध प्रदर्शन गरिएको छ । युवाहरुले सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्साको स्वागत गर्दै एक अर्कोमा खुशी व्यक्त गरेका छन् ।
सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको, भ्रष्टाचार मौलाएको लगायतका आरोप लगाउँदै केही दिनयता युवाहरुले देशव्यापी आन्दोलन गर्दै आएका छन् ।

कपिलवस्तुको जितपुर ४ नम्बरमा स्वतन्त्र युवाहरूको समूहले शान्तिपूर्ण पर्दर्शन गरेका हुन् ।

पिसिआर टेस्टको माग संगै युवाहरूले ब्याक अफ ईन्डिया , एमसिसि खारेजी लगायतका नाराहरू लगाएका थिए भने लिपुलेक र कालापानी समेटिएको नक्सा र संविधान संशोधनको खुलेर प्रसंशा गरेका थिए ।

सम्बन्धित् समाचार