कपिलवस्तुमा थप २९ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमित संख्या ६ सय ३४ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको मायादेवी गाउँपालिकाका १४ जना, महराजगन्ज नगरपालिकाका ४ जना, कपिलवस्तु नगरपालिकाका ४ जना, शुद्धोधन गाउँपालिकाका २ तथा विजयनगर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्लामा सबैभन्दा बढी यशोधरा गाउँपालिकामा १ सय ७९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।