गृहपृष्ठ Featured पर्वतको कुश्मामा गएराति गएको पहिरोमा परेर ५ जनाको मृत्यु, बेपत्ताको खोजिकार्य जारि

पर्वतको कुश्मामा गएराति गएको पहिरोमा परेर ५ जनाको मृत्यु, बेपत्ताको खोजिकार्य जारि

प्रकाशित मिति:
सांकेतिक तस्बीर
सांकेतिक तस्बीर

,
पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको जनाएका छन । यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो ।

घटनामा अझै चार जना बेपत्ता छन् । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ ।पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।

सम्बन्धित् समाचार