गृहपृष्ठ Featured आज थपिए ४२५ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० पुग्यो

आज थपिए ४२५ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० पुग्यो

प्रकाशित मिति:

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । आज ४२५ जना संक्रमित थपिएका छन् । शनिबार पनि २७३ जना थपिएका थिए । शुक्रबार ४ सय ४८ जना थपिएका थिए । बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।यस्तै उपचारपछि निको हुनेको संख्या ९७४ पुगेको छ । आज ६१ जना निको भएका छन् । शनिबार ३६ जना निको भएका थिए । विहिबार १८७ जना निको भएका थिए भने शुक्रबार १६ जना निको भएका थिए ।

मृतकहरुको संख्या १९ जना रहेको छ भने कूल संक्रमित जिल्ला ७२ पुगेको छ ।

सम्बन्धित् समाचार