
झापा । देशमा लकडाउन खुकुलो भए पनि सरकारले विद्यालय खोल्ने अनुमती दिएको छैन । चरणवद्ध रुपमा लकडाउन खोले सँगै नियमित पठनपाठन सुचारू गर्ने वा अन्य विकल्पमा जाने भन्ने अलमल अझैसम्म विद्यमान नै छ । यस्तो सरकारी अलमलका बीच झापाको एक सरकारी विद्यालयले भने नियमित पठनपाठन सुरु गरेको छ।
शिवसताक्षी नगरपालिका- ३ को शान्ति आधारभूत विद्यालयले भौतिक दूरी कायम गरेर पठनपाठन सुरु गरेको हो। यस विद्यालयमा पठनपाठन सुरु भए सँगै चौतर्फी बहस सुरु भएको छ । यस्तो विषम परिस्थितिमा संक्रमण फैलिए जिम्मेवार को ? स्कुल खोल्ने अनुकुल समय भएको हो त? भन्ने जस्ता प्रश्नहरु अनुत्तरित बनेका छन् ।








