गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतको गुजरातमा ५.५ म्याग्निच्युडको भूकम्प

भारतको गुजरातमा ५.५ म्याग्निच्युडको भूकम्प

भारतको गुजरातमा ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार गुजरातको कछ जिल्लास्थित भुज नजिकै भूकम्पको केन्द्रविन्दु बनेको थियो । राष्ट्रिय भूकम्प विज्ञानका अनुसार राजकोटबाट ११८ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा साँझ ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।

भूकम्पबाट मानवीय क्षति र अन्य भौतिक संरचनामा क्षति भएको छ या छैन यसबारे यकिन भइसकेको छैन । तर ठूलो धक्का महसुश भएको स्थानीय मिडियाले जनाएका छन् । जहाँका स्थानीय बासिन्दाहरु धक्का महसुश हुँदा अधिकांश घरबाहिर भागेका थिए ।

गुजरातमा हालसम्म तीनवटा ठूला भूकम्प गएका छन् । २००१ को विनाशकारी भूकम्प भुजमै गएको थियो । यस्तै १९५६ र १९१८ मा कछमा भूकम्प गएको थियो । २००१ को जनवरी २६ मा गएको भूकम्पलाई तेस्रो ठूलो भूकम्प मानिन्छ । भुजलाई केन्द्रविन्दु बनाएर गएको उक्त धक्काबाट २० हजार भन्दा धेरैको मृत्यु भएको थियो । साथै डेढलाख घाइते भएका थिए ।

सम्बन्धित् समाचार