गृहपृष्ठ कला/साहित्य काभानी र सिल्भाले पिएसजी छाड्ने

काभानी र सिल्भाले पिएसजी छाड्ने

इडिन्सन काभानी र थियागो सिल्भाले फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने भएका छन्। दुवै जनाले आगामी अगस्टमा हुने तय भएको च्याम्पियन्स लिगपछि क्लब छाड्ने भएका हुन्।

उरुग्वेका ३३ वर्षीय स्ट्राइकर काभानी क्लबका लागि २ खेल पूरा गर्ने खेलाडी हुन् भने ३५ वर्षीय ब्राजिलियन डिफेन्डर सिल्भा क्लबका कप्तान हुन्।

काभानीले सन् २०१३ देखि पिएसजीमा २ खेल खेल्दै १३८ गोल गरेका छन्। सिल्भा सन् २०१२ मा आबद्ध भएका थिए। त्यसपछि उनले पिएसजीका लागि २ सय ४ खेल खेल्दै ९ गोल गरे।

क्लबका अनुभवी खेलाडद्वयले विदाइ लिने भएपछि स्पोर्टिङ निर्देशक जोर्नाल डुल डिमान्चेले कठिन समय भनेका छन्।

दुवै खेलाडीको सम्झौता जुन ३० सम्मका लागि छ। कोरोनाभाइरसका कारण फ्रेञ्च लिग वान स्थगित भएसँगै दुवैले अगस्टमा हुने भएको च्याम्पियन्स लिग खेल्नेभ एका हुन्। लिगका लागि पिएसजीले २२ जुनबाट प्रशिक्षण थाल्दैछ।

सम्बन्धित् समाचार