यस वर्ष निजी विद्यालयमा पढाइ हुने कक्षा १ का पाठ्यसामग्रीमा मात्र लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा छापिने भएको छ । अन्य कक्षाका पाठ्यपुस्तक छपाइ भएर बजारमा गइसकेका छन् ।
यद्यपि पाठ्यक्रम विकास केन्द्रले भने छपाइ भइसकेका पाठ्यपुस्तक पढाउँदा नयाँ नक्साअनुसार पढाउन सबैलाई निर्देशन दिएको छ ।