गृहपृष्ठ Featured थपिए ४५१ कोरोना संक्रमित,कुल संक्रमित ६ हजार माथि

थपिए ४५१ कोरोना संक्रमित,कुल संक्रमित ६ हजार माथि

प्रकाशित मिति:

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ।

सोमबार ४५१ थपिएसँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिएको जानकारी दिए। २४ घण्टामा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे।

हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६७ जना कोरोनामुक्त भएका छन्। हालसम्म १ हजार ४१ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

सम्बन्धित् समाचार