गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा कुल संक्रमितको संख्या झन्डै साढे तीन लाख, एकैदिनमा १० हजार ६६७ जनामा संक्रमण

भारतमा कुल संक्रमितको संख्या झन्डै साढे तीन लाख, एकैदिनमा १० हजार ६६७ जनामा संक्रमण

भारतमा एक दिनमा १० हजार ६६७ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी शनिबार र आइतबारको तुलनामा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको थियो । सोमबार १० हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार बिहानसम्ममा एकैदिनमा १० हजार ६६७ जना संक्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३८० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ९ हजार ९०० पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ४३ हजार ९१ पुगेको छ । कुल संक्रमित मध्ये १ लाख ५४ हजार १७८ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ८० हजार १३ जना संक्रमण मुक्त भएका छन् ।

भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख १० हजार ७४४ जना संक्रमित भएका छन् । महाराष्ट्रमा ५० हजार ५६७ जना संक्रमित अवस्थामा नै रहेका छन् भने ५६ हजार ४९ जना उपचारपछि घर फर्किएका छन् । महाराष्ट्र कोरोना भाइरसको संक्रमणको कारण ४ हजार १२८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित् समाचार