गृहपृष्ठ अन्तरास्ट्रिय खबर लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच झडप ,एक कमाण्डरसहित तीन भारतीय सैनिकको मृत्यु

लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच झडप ,एक कमाण्डरसहित तीन भारतीय सैनिकको मृत्यु

भारतको लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको मृत्यु भएको छ।लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो।

सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘गएराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा हिंसात्मक झडप भएको थियो। जसमा केही सेनाले ज्यान गुमाएका थिए। भारततर्फ मृत्यु हुने एक अफिसर र दुई सेना छन्। अहिले परिस्थितिलाई नियन्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको छ,’ जनाइएको छ l

घटनाबारे थप विवरण आउन बाँकी छ।

 

सम्बन्धित् समाचार