गृहपृष्ठ Featured थपिए ३८० कोरोना संक्रमित ,संक्रमितको संख्या ६५९१ पुग्यो

थपिए ३८० कोरोना संक्रमित ,संक्रमितको संख्या ६५९१ पुग्यो

२ असार, काठमाडौं । मंगलबार नेपालमा थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१  पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा २ जना, धरानमा भएको परीक्षणमा ४ जना, जनकपुरमा भएको परीक्षणमा ५५ जना, वीरगञ्जमा भएको परीक्षणमा २ जना, पोखरामा भएको परीक्षणमा २१ जना र कैलालीमा भएको परीक्षणमा ७६ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै बाँकेमा भएको परीक्षणमा १० जना, राजविराजमा भएको परीक्षणमा ३ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा १, रुपन्देहीमा भएको परीक्षणमा ४ जना, सुर्खेतमा ९ जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा २२ जना, दाङमा भएको परीक्षणमा ५७ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा १ सय १४ जनामा पोजेटिभ देखिएको छ ।

मंगलबार १ सय १७ गरी आजसम्म १ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

आजसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित् समाचार