गृहपृष्ठ Featured बुटवल पाल्पा सडक खण्ड -तिनाउ खोलामा गाडी खस्यो

बुटवल पाल्पा सडक खण्ड -तिनाउ खोलामा गाडी खस्यो

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत सिद्धबाबामा सवारी दुर्घटना भएको छ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धवावा मन्दिर नजिकै ईसुजु डबल क्याव हाईलक्स जिप खसेको छ ।
प्रदेश ३ ०१ च ४५२२ नं को जिप खस्दा जिपमा सवार ६ जना घाईते भएका छन । घाईते सबै तिनाउ गाउपालिकाका टिप्पर ब्यवसायी  भएको बताईएको छ ।

घाईते मध्ये ३ को अवस्था गम्भिर छ । घाईतेहरु सवैलाई उपचारका लागि बुटवल पठाईएको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।

घाईतेहरुको पुरा बिवरण आउन सकेको छैन । प्रहरी र उक्त घटनास्थल पुगेका यात्रुहरुले उद्वार गरीरहेका छन ।

सम्बन्धित् समाचार