गृहपृष्ठ खबर कपिलवस्तुकी युवतीका हत्यारालाई कानुनी दायरामा ल्याउन सांसद घिमिरेद्वारा माग

कपिलवस्तुकी युवतीका हत्यारालाई कानुनी दायरामा ल्याउन सांसद घिमिरेद्वारा माग

प्रकाशित मिति:

काठमाडौं । कपिलवस्तुकी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले बुधबार राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै कपिलवस्तुकी युवतीको हेटौंडामा भएको हत्याप्रति खेद प्रकट गर्दै घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । उहाँले ढुंगाले हानेर ती युवतीको हत्या भएको हुनाले दोषीलाई कानुनी कारवाही गर्न माग गर्नुभएको हो ।

मंगलबार बिहान मृत अवस्थामा युवतीको शव फेला परेको थियो । कपिलवस्तु बाणगंगा नगरपालिका -८ बोडगाउँ माइतीघर भएकी सुस्मिता केसीको हेटौंडा–४ कर्रास्थित सुर्यचोकमा शव मृत अवस्थामा फेला परेको थियो ।
मृतक युवतीका पतिको करिब छ महिना अगाडि सडक दुर्घटनामा ज्यान गुमेको थियो ।

सम्बन्धित् समाचार