गृहपृष्ठ खबर शितगंगा नगरपालिकामा आइसुलेसन कक्ष बढाइदै

शितगंगा नगरपालिकामा आइसुलेसन कक्ष बढाइदै

प्रकाशित मिति:


शितगंगा नगरपालिकामा कोरोनाका सक्रमित बढे सँगै आइसुलेसन बढाउने तयारी अन्तिम चरणमा पुगेको छ । २० बेडको आइसुलेसन तयार गरिए पछि शितगंगामा कोरोना सक्रमित त्यो भन्दा बढी भएको ले ५० बेडको आइसुलेशन तयार गर्न थालिएको शितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनु भयो ।

\आइसुलेसनको लागि सम्पुर्ण सामाग्री तयार रहेको ज्योती माबिमा थप १० बेडको आइसुलेसन तयार भएको छ ज्योती माबिमा ३० र ग्रीनस्टार बोडिङ स्कुलमामा २० बेडको आइसुलेसन तयार गर्ने सम्पुर्ण तयारी पुरा भएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।

शितगंगा नगरपालिकामा ३४ जनामा कोरोना सक्रमण भइसकेको छ । हिजो मात्र शितगंगा नगरपालिकाको वडा नम्बर १ मा ४ जना, वडा नम्बर २ मा ८ जना , वडा नम्बर ३ मा ३ जना , वडा नम्बर ५ मा २ जना, वडा नम्बर ६ मा ३ जना , वडा नम्बर ७ मा १ जना , वडा नम्बर १० मा १ जना , वडा नम्बर १२ मा १ जना , वडा नम्बर १४ मा १ जना गरि २४ जना सक्रमित भएका थिए । हिजो भेटिएका कोरोना सक्रमितहरु लाई आइसुलेनमा ल्याउन बर्षाको कारण समस्या भएकोले भोली मात्र ल्याउने नगर प्रमुख अधिकारीले बताउनु भयो

यस्तै बर्बोटमा रहेको आइसुलेसनमा रहने हरुको लागी सगरमाथा होटलले शुद्ध पिउने पानीको ब्यवस्थापन गरेको होटलका ब्यवस्थापक कृष्ण पौडेलले जानकारी दिनु भयो । आज पहिलो चरणमा १५ काटुन मिनिरल पानी प्रदान गरेको र आगामी दिनमा पनि सक्रमितको स्वास्थको ख्याल गर्दै शुद्ध पिउने पानीको ब्यवस्थापन गर्ने पौडेलले बताउनु भयो ।

सम्बन्धित् समाचार