गृहपृष्ठ Featured सिद्धार्थ क्याम्पसले पायो क्यू.ए.ए. मान्यता

सिद्धार्थ क्याम्पसले पायो क्यू.ए.ए. मान्यता

सिद्धार्थ क्याम्पस बाणगंगा बुङ्ची कपिलवस्तुले विश्व विद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र क्यू.ए.ए. मान्यता पाएको छ ।विश्व विद्यालय अनुदान आयोगको निर्णयअनुसार यही असार ८ गते सोमबार भर्चुअल माध्यमबाट प्रमाणपत्र प्राप्त गर्नेछ ।

५ दिनसम्म क्याम्पसमा रहेर क्याम्पसका सम्पूर्ण गतिविधिको सुक्ष्म मूल्यांकन गरी विश्व विद्यालय अनुदान आयोगको टोलीले पठाएको सुझावको आधारमा क्याम्पसले लकडाउनको समयमा समेत आवश्यक विभिन्न अन्तरक्रिया तथा गृहकार्य गरेको र सोहीको परिणामस्वरूप मान्यता पाएको क्याम्पस प्रमुख खेमराज शर्माले बताउनुभयो  ।

गत वर्ष पुसमा प्रा.डा. तथा पिआरटी संयोजक जयराज अवस्थी, प्रा.डा. रत्नमाला आर्या, प्रा.डा. मिना विद्या मल्ल, प्रा.डा. कमलदीप ढकाल र सदस्य ममता प्रजापतिसहितको ५ जनाको टोलीले क्याम्पस निरीक्षण गरेको थियोे ।

सो क्रममा विश्व विद्यालय अनुदान आयोगका प्रा.डा. तथा पिआरटी संयोजक जयराज अवस्थीले क्याम्पसको लागि यो ठूलो मौका रहेको बताउनु भएको थियो । ५ दिनसम्म क्याम्पसमा रहेर क्याम्पसका सम्पूर्ण गतिविधिको सुक्ष्म मूल्याङ्कन गरिएको थियो । सो क्रममा क्याम्पसको शैक्षिक, आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक पक्षको मूल्याङ्कन गरेर विश्व विद्यालय अनुदान आयोगको टोलीलाई पठाएको प्रतिवेदनको आधारमा क्याम्पसले क्यूएए मान्यता पाएको हो ।

 

सम्बन्धित् समाचार