गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा कोरोना संक्रमितको संख्या तीन लाख ८० हजार बढी, मृत्यु हुनेको संख्या १२ हजार ५७३

भारतमा कोरोना संक्रमितको संख्या तीन लाख ८० हजार बढी, मृत्यु हुनेको संख्या १२ हजार ५७३

प्रकाशित मिति:

भारतमा कोरोना भाइरस ९कोभिड(१९० बाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार ५३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १३ हजार ५८६ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै अहिलेसम्म दुई लाखभन्दा बढी संक्रमित डिस्चार्ज वा निको भइसकेका छन् । डिस्चार्ज वा निको हुनेको संख्या पनि अहिलेसम्म दुई लाख चार हजार ७११ पुगेको छ ।

कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या पनि १२ हजार ५७३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३३६ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख २० हजार ५०४ संक्रमित फेला परेका छन् भने पाँच हजार ७५१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५२ हजार ३३४ संक्रमित फेला परेका छन् भने ६२५ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा ४९ हजार ९७९ संक्रमित भेटिँदा एक हजार ९६९ को मृत्यु भइसकेको छ । गुजरातमा २५ हजार ६०१ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५९१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १५ हजार १८१ संक्रमित फेला परेका छन् भने ४६५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १२ हजार ७३५ संक्रमित भेटिएका छन् भने ५१८ जनाको मृत्यु भइसकेको छ । बिहारमा सात हजार २५ संक्रमित फेला परेका छन् भने ४४ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित् समाचार